संसद्
नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन छ : गृहमन्त्री श्रेष्ठ
मङ्गलबार, २३ साउन २०८०, १८ : १०

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने–‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ । तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ । त्यसकारण अहिले तथ्य प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ, तथ्य प्रमाणले जहाँसम्म फेला पार्छ त्यहाँसम्म पुगेर ल्याउने र कारबाही प्रक्रियामा लाने काम भएको छ । यसमा कुनै शंका नगरियोस् ।’
ललिता निवास प्रकरणमा पनि अदालतको आदेशले अनुसन्धानमा सहयोग पुगेको बताउँदै अनुसन्धानको प्रक्रिया जारी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायण र स्वरूपराजको सहकार्यमा ‘स्वार्थी संसार’ सार्वजनिक
-
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
-
प्रिमियरमा ‘के घर के डेरा : घर नं २’ हेरेपछि सर्वसाधारणले के भने ?
-
खोला एकातिर पुल अर्कोतिर !
-
अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना
-
बजेट ल्याउने दिन परिवर्तन गर्न माग