आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा
विराटनगर। कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
संसारभरी अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउँदै आएकोमा ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश नामकरणको विषयलाई लिएर लामो समय देखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवस दिइएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्वसाधारणले पाएका हुन् । प्रदेश सरकारले दिएको बिदा सङ्घीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले केही बिदाहरू आफू अनुसार गर्न पाउने अधिकार सङ्घीय सरकारले छुटाएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
-
पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग
-
सेयर बजारका विकृतिमाथि रास्वपा सांसद लिमा अधिकारीको प्रश्न: ‘सेबन किन रियाक्टिभ मात्रै ?
-
नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण