बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान

बुधबार, ३१ असार २०८३, १० : ४९
बुधबार, ३१ असार २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दिने श्रीलंका भ्रमणमा निस्किएका छन् ।
  • प्रचण्ड प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिनका लागि श्रीलंका जान लागेका हुन् ।
  • कार्यक्रमको विस्तृत जानकारी भने उपलब्ध छैन ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । तीन दिने भ्रमणका लागि प्रचण्ड अहिले त्रिभुवन विमानस्थलतर्फ पुगेका छन् । 

प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । तर कुन कार्यक्रममा सहभागी हुन लागेको भन्ने विषयमा आचार्यले स्पष्ट खुलाएनन् । 

‘प्रवासी नेपालीले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । कार्यक्रमको विस्तृत जानकारी छैन’, रातोपाटीसँग आचार्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप