तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन
दाङ । तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।
स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँका बासिन्दाले फोहर फाल्न दिएका छैनन । अन्य स्थानको पनि खोजी भइरहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।
हाल तुलसीपुर–१८, १९ र १६ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको छ । “हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौँ, वडा नं १६ ले पनि साढे तीन बिघा जति जग्गा दिने भनेको छ”, उनले भने, “अहिले फोहर फाल्दै आएको स्थान अस्थायी हो, त्यहाँ फोहर फाल्दा एयरपोर्टलाई समेत असर गर्दै आएको छ ।”
करिब चार बिघाजति जग्गा पाइएमा निजी क्षेत्रलाई जिम्मा दिने तयारी छ । फोहरबाट मल निकाल्नेदेखि अन्य सामग्री निर्माण गर्ने गरी तयारी गरिएको प्रमुख खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण