मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘महानगर’को ‘काव्यात्मक’ ट्रेलर सार्वजनिक

बुधबार, २४ साउन २०८०

काठमाडौँ । कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौँ) को ट्रेलर सार्वजनिक भएको छ । कर्मा र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरेको छ ।

देश विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल फिल्मको ट्रेलरले चलचित्र काव्यात्मक भएको छनक दिन्छ ।

ट्रेलरको सुरुमै मेनुकाका चरित्रले वाचन गर्ने कविता मात्र नभई फिल्मको लय, संवाद र दृश्य संयोजनले पनि ट्रेलरलाई पृथक् बनाएको छ ।

सानो घटनाका कारणसँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको निर्माण टिमले बताउँदै आएको छ । 

चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ । 

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेको हुन् भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् । चलचित्र भदौ ८ मा देशभर प्रदर्शन हुँदै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया