फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
सोमबार, २५ जेठ २०८३, १६ : १०
सारांश
- फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन कास्कीको पामेबाट सुरु भएको छ ।
- ४० दिनको छायांकन तालिका रहेको यस फिल्मको अधिकांश छायांकन कास्कीमा हुनेछ ।
- यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी छ ।
काठमाडौं । फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु भएको छ । कास्की जिल्लाको पामेबाट आइतवारदेखि फिल्मको छायांकन सुरु गरिएको हो ।
४० दिनको तालिका रहेको फिल्म कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने त्यसपछि काठमाडौं छायांकन हुनेछ ।
फिल्मका कार्यकारी निर्माता तेजबिक्रम केसी हुन् । भविष्य फिल्मस् प्रालि र थर्ड आई आट्र्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता भविष्य खड्का हुन् । यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याउनेछ ।
शंकर कार्कीको निर्देशन रहेको फिल्मलाई महिला प्रधान फिल्म भनिएको छ । फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको मुख्य भुमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण