वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले १० लाख पाउने
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले पाउने आर्थिक सहायता बढ्ने भएको छ । वैदेशिक रोजगार बोर्ड मार्फत प्रदान गरिँदै आएको आर्थिक सहायताको रकम बढ्ने भएको हो ।
हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा मृतकका परिवारलाई ७ लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएको थियो । श्रम मन्त्रालयका सचिव केवल भण्डारीले उक्त आर्थिक सहायता निकै कम भएको भन्दै यसलाई बढाएर १० लाख पुर्याइने बताए ।
यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार ५०० र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि २ हजार ५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने हुन्छ । कोषले सोही कोषमार्फत आर्थिक सहायता प्रदान गर्दै आएको हो ।
२०६५ सालदेखि उक्त सहायता रकम प्रदान गर्दै आएको थियो । सुरुमा तीन लाख रुपैयाँ प्रदान गर्दै आएको थियो । आर्थिक वर्ष २०७४/०७५ बाट बढाएर ७ लाख रुपैयाँ पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण