‘घर ज्वाइँ’ बन्दै दयाहाङ
काठमाडौँ । अभिनेता दयाहाङ राई ‘घर ज्वाइँ’ बन्ने भएका छन् । उनी रियलमा नभएर रिल लाइफमा घर ज्वाइँ बन्ने भएका हुन् । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘घर ज्वाइँ’मा दयाहाङ मुख्य भूमिकामा देखिनेछन् ।
आगामी माघबाट छायाङ्कन सुरु हुने फिल्मको निर्माता जनक घर्तीमगर हुन् । फिल्मको छायाङ्कन रुकुममा हुने बताइएको छ । विनोद खतिवडा, सुवास कोइराला र निर्देशक मगर स्वयंको लेखन रहेको ‘घर ज्वाइँ’मा शिशिर वाङ्देल र राज थापा मगरको समेत अभिनय रहनेछ ।
फिल्ममा दयाहाङको अपोजिटका लागि अभिनेत्री छनौट बाँकी छ । फिल्मलाई रोहित–रत्नको आरआर फिल्मस्ले वितरण गर्ने जनाइएको छ ।
निर्देशक मगरले सन् २०११ मा ‘लोम्बा’ नामक फिल्मको निर्देशन गरेका थिए । यो फिल्म सार्वजनिक प्रदर्शनमा नआएको भए पनि एक अमेरिकी फिल्म फेस्टिभलमा केही विधामा अवार्ड जितेको थियो । उनले फलाम खानीको कथामाथि फिल्म ‘आग्रे’ समेत बनाएका थिए ।
दयाहाङ पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेता हुन् । यो वर्ष ‘कबड्डी ४’ र ‘जारी’को सफलतापछि उनी ‘हाई डिमान्ड’ मा छन् । ‘घर ज्वाइँ’ अगाडि उनी ‘रङ्गेली ग्याङस्टर’ र ‘वरिष्ठ बलराम’ फिल्ममा जोडिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण