एकैदिन तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।
आज पनि तोलामा ७०० रुपैयाँले मूल्य घटेसँगै लगातार चौथो दिन सुनको मूल्य घटेको छ । साताको सोमबार १०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले मूल्य घटेको हो ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण