श्रीमतीको हत्या गरेर फरार रहेका पुरुष पक्राउ
बिहीबार, २५ साउन २०८०, १२ : १३
इलाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक पुरुष पक्राउ परेका छन् ।
४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्णबहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि बल किन परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण