सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा लेखापरीक्षक दोहोरो मानसिकता बोकेर आउँछन्ः अर्थमन्त्री यादव

बिहीबार, २५ साउन २०८०, १३ : ५२
बिहीबार, २५ साउन २०८०

जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् । 
 
मधेस प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए । एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ।

धनुषा/महोत्तरी जिल्ला स्थित प्रदेश सरकार मातहातका मन्त्रालय/सचिवालय/आयोग÷प्रतिस्ठान/विभाग/निर्देशनालय/कार्यालयका कार्यालय प्रमुख तथा लेखाप्रमुखहरुलाई नाम्समा आधारित लेखापरीक्षण, सम्परीक्षण तथा वित्तीय अनुशासन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले संघीयता संस्थागत भइसकेको हुदाँ यस्ता किसिमको अपव्याख्याले लेखापरीक्षको प्रतिवदेनमा माथि समेत प्रश्न उठ्ने र विश्वनिशता समेत घट्ने बताए । 
साथै, मन्त्री यादवले यस किसिमको अभिमुखिकरण तालिमले मधेशमा वित्तीय अनुशासन कायम गर्न समेत सहयोग पुग्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप