कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि राज्य धर्म र जात विशेष नहुने बताएका छन् ।
बिहीबार २९ औं विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कतिपयले जातका आधारमा सेन्टिमेन्टल बनाएर र भावनामा बगाएर नेपालीहरुबीच द्वन्द्व र फाटो ल्याउने प्रयास भइरहेको बताए ।
‘जातका आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ’, ओलीले भने, ‘त्यसबेला कसैले यो देश जोगाएर जोगिँदैन ।’
ओलीले पहिचानको मुद्दा घृणा र विद्वेष फैलाउन नभई मित्रता कायम गर्नका लागि हुनुपर्ने बताए । ‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता चाहिन्छ । त्यो राष्ट्रिय एकताले मात्र देशको रक्षा र विकास हुन्छ’, ओलीको भनाइ छ ।
उनले विविधतामा समानता आवश्यक रहेको भन्दै एउटै देशका जनतामा कोही धनी हुने कोही खान लाउननै नपुग्ने स्थिति हुन नहुने पनि बताए ।
‘सबैले उत्तिकै अधिकार र अवसर पाउनुपर्छ यसका लागि कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको छ । सामाजिक न्याय र समानता आदिवासी जनता जातीको मात्र सरोकारको विषय होइन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण