सांसद सिंह भन्छन् : राज्यका संयन्त्र सत्तामा बस्नेहरुका लागि पैसा असुल्ने धन्दामा लागे
विराटनगर । सांसद अमरेशकुमार सिंहले राज्यका संयन्त्र जनतालाई धम्क्याउने र सत्तामा बस्नेहरुको लागि पैसा असुल्ने धन्दामा लागेको कारण देशले समृद्धि हासिल गर्न नसकेको बताएका छन् ।
विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको अर्थतन्त्रको अवस्था र वर्तमान परिचर्चा विषयक बिज टक कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।
उनले कांग्रेसका सांसद सुनिल शर्मालाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सम्पत्ति शुद्धीकरण विभागले ६ दिन थुनेर राखेको र एमाउन्ट बुझाएपछि छोडिएको दाबी गरे ।
‘राजस्व अुनसन्धानको काम पैसा उठाउने हो । जो प्रधानमन्त्री हुन्छ उसलाई र उसको पार्टीलाई पैसा उठाइदिने काम गर्छ । सम्पत्ति शुद्धिकरण पैसा उठाउँछ,’ सिंहले भने ।
उनी थप भन्छन्, ‘मोरङको सांसद हुनुहुन्छ डा. सुनिल शर्मा । देउवा प्रधानमन्त्री भएकै बेला उनलाई ६ दिन थुनेर राखेको थियो । केही एमाउन्ट बुझाएपछि उहाँले पछि टिकट पनि पाउनु भयो, चुनाव पनि जित्नु भयो र सांसद पनि हुनुभयो । त्यसकारण राज्यका विभिन्न संयन्त्रको काम धम्काएर पैसा असुल्ने काम भइरहेको छ ।’
कांग्रेस सांसद शर्मालाई नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण