उडानपूर्व आँखा रातो हुने लक्षण देखिएमा स्वास्थ्य रिपोर्ट पेश गर्न अनुरोध
बिहीबार, २५ साउन २०८०, २३ : ४४
काठमाडौँ । नेपाल वायु सेवा निगमले आँखा रातो हुने (पाक्ने) रोगबाट सतर्क रहन यात्रुहरुलाई अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी निगमले यात्रुहरुलाई सो आग्रह गरेको हो ।
निगमले कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने (पाक्ने) लक्षण देखापरेमा आधिकारिक चिकित्सकीय निकायबाट सो रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चिता गर्ने प्रमाण पेश गर्न समेत अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, ‘यदि कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने जस्ता लक्षण देखा परेका छन् भने आधिकारिक चिकित्सकीय निकायबाट त्यस्तो लक्षण ‘आँखा रातो हुने’ रोगको नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चितता प्रमाण पत्र पेश गर्न अनुरोध गरिन्छ ।’
पछिल्ला दिन देशका अधिकांश स्थानमा आँखा रातो हुने (पाक्ने) रोग फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण