मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार
नयाँ दिल्ली । दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन इन्डियाको संयुक्त प्रयासमा नयाँ दिल्ली रेलवे स्टेसनबाट उद्धार गरिएको छ ।
किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार एक जना व्यक्तिले राम्रो काम लगाइदिने र फिल्ममा समेत काम दिने लालच दिएर उक्त बालिकालाई रेल मार्फत बोलाएको हुनाले उनी घरमा कसैलाई नभनी घरबाट हिँडेको थिइन् । मुम्बई जान हिँडेकी उनलाई मुम्बईमा कुन ठाउँ जाने भन्ने समेत जानकारी थिएन । उनलाई सम्पर्क गरेको एउटा मोबाइल नम्बर थियो तर अहिले उक्त नम्बर बन्द छ ।
बालिकालाई अहिले नेपाली राजदूतावास नयाँ दिल्लीको समन्वयमा सीडब्लुसी मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श गरिँदै छ भने कानुनी प्रक्रिया पूरा गरी स्वदेशफीर्ति गराइने किन इन्डियाका नेपाल संयोजक तथा अधिकारकर्मी ईन्द्रराज भट्टराईले जानकारी गराएका छन्।
यसै गरी उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घर परिवारको जानकारी बिना कहीँ कतै नजान महिला तथा बालबालिका अनुरोध समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण