चखुञ्चा खोला खोल्न माग गर्दै कपनमा प्रदर्शन, तस्बिरहरु
काठमाडौँ । कपन सात तले क्षेत्रका स्थानीयले चखुञ्चा खोला खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरुले खोला मिचेर घर टहरा बनाउँदा बाढीले दुर्घटना निम्त्याएको भन्दै छोपिएको र पुरिएको खोला खोल्न माग गर्दै उनीहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
स्थानीयको माग बमोजिम बिहीबार काठमाडौँ महानगरपालिका डोजरसहित उक्त क्षेत्रमा पुगे पनि केही स्थानीयले अवरोध गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले भने आफूहरूसँग कुनै समन्वय नै नगरी डोजर चलाउन लागेको भन्दै महानगरको विरोध गरेका थिए ।
काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्र भएर बग्ने खोला अतिक्रमणमा परेपछि पानी पर्दा उक्त क्षेत्र डुबानमा पर्दै आएको छ । खोला क्षेत्रमा घर पर्ने स्थानीयले भने खोला खोल्न नहुने भन्दै विरोधमा उत्रिएका छन् ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले नापजाँचको काम भइरहेकाले सकिएपछि अतिक्रमित संरचना भत्काउने बताए । बिहीबारबाटै उक्त क्षेत्रमा काठमाडौँ महानगरको डोजर तैनाथ राखिएको छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
तस्बिरहरु :
_50vLljyH6b.jpg)
_sZlDfcfuIl.jpg)
_INeEevP5qc.jpg)
_GFcYxIrKRe.jpg)
_uRgFHvru5v.jpg)
_tR7CKk2sf6.jpg)
_eRZ5D7BVMx.jpg)
_h1CliW2EaC.jpg)
_9qrKZXGEap.jpg)
_RLzUcKnI2B.jpg)
_t3c6k0cPm4.jpg)
_VHWQ13mTRQ.jpg)
_uLf8bsakMS.jpg)
_dCaMgdCTm8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण