शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

चखुञ्चा खोला खोल्न माग गर्दै कपनमा प्रदर्शन, तस्बिरहरु

शुक्रबार, २६ साउन २०८०, १२ : २४
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । कपन सात तले क्षेत्रका स्थानीयले चखुञ्चा खोला खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरुले खोला मिचेर घर टहरा बनाउँदा बाढीले दुर्घटना निम्त्याएको भन्दै छोपिएको र पुरिएको खोला खोल्न माग गर्दै उनीहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

स्थानीयको माग बमोजिम बिहीबार काठमाडौँ महानगरपालिका डोजरसहित उक्त क्षेत्रमा पुगे पनि केही स्थानीयले अवरोध गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले भने आफूहरूसँग कुनै समन्वय नै नगरी डोजर चलाउन लागेको भन्दै महानगरको विरोध गरेका थिए । 

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्र भएर बग्ने खोला अतिक्रमणमा परेपछि पानी पर्दा उक्त क्षेत्र डुबानमा पर्दै आएको छ । खोला क्षेत्रमा घर पर्ने स्थानीयले भने खोला खोल्न नहुने भन्दै विरोधमा उत्रिएका छन् । 

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले नापजाँचको काम भइरहेकाले सकिएपछि अतिक्रमित संरचना भत्काउने बताए । बिहीबारबाटै उक्त क्षेत्रमा काठमाडौँ महानगरको डोजर तैनाथ राखिएको छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी

तस्बिरहरु :

chankhuwa-khola-kapan-pradrasan (1)chankhuwa-khola-kapan-pradrasan (2)chankhuwa-khola-kapan-pradrasan (3)chankhuwa-khola-kapan-pradrasan (4)chankhuwa-khola-kapan-pradrasan (5)chankhuwa-khola-kapan-pradrasan (6)chankhuwa-khola-kapan-pradrasan (7)chankhuwa-khola-kapan-pradrasan (8)chankhuwa-khola-kapan-pradrasan (9)chankhuwa-khola-kapan-pradrasan (11)chankhuwa-khola-kapan-pradrasan (12)chankhuwa-khola-kapan-pradrasan (13)chankhuwa-khola-kapan-pradrasan (14)chankhuwa-khola-kapan-pradrasan (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप