मेडिकलका लागि बायर्न पुगे केन
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केन टोटनह्यामबाट बाहिरिने पक्का भएको छ । केन बायर्न म्युनिखमा मेडिकलको लागि जर्मनी पुगेका हुन् । बायर्न र स्पर्सले बिहीबार ३० वर्षीय खेलाडीका लागि १०० मिलियन युरोभन्दा बढीको सम्झौतामा सहमति जनाएका छन् ।
त्यसपछि स्थानान्तरणको निर्णय केनमा छोडिएको थियो । केन ४३५ खेलहरूमा २८० गोलसहित टोटेनहमका शीर्ष गोलकर्ता हुन्। केनको करार सम्झौतामा एक वर्ष बाँकी भए पनि उनी क्लबमा रहने सम्भावना थिएन । केन आफ्नो सम्झौताको अन्तिम वर्ष स्पर्समा रहेर २०२४ मा निस्शुल्क स्थानान्तरणमा जान पनि सक्थे । तर उनले त्यो विकल्प चुनेनन् ।
कुनै अप्रत्याशित समस्याहरू नभएको खण्डमा ह्यारी केन अर्को हप्ता बुन्डेसलिगाको नयाँ सिजन सुरु हुँदा बायर्न म्युनिखको खेलाडी बनिसकेका हुनेछन् । केन सुरुमा म्यानचेस्टर युनाइटेडमा जाने चर्चा थियो । तर डेनियल लेभी उनलाई अर्को प्रिमियर लिग क्लबमा बेच्न इच्छुक थिएनन्।
स्पर्सले आइतबार सिजनको आफ्नो पहिलो खेलमा ब्रेन्टफोर्डको सामना गर्नेछ भने बायर्नले शनिबार जर्मन सुपर कपमा आरबी लाइपजिगसँग आफ्नो अभियान सुरु गर्नेछ। केनले तीन पटक प्रिमियर लिग गोल्डेन बुट जितेका छन् - २०१५-१६, २०१६-१७ र २०२०-२१ मा । इंग्लिस शीर्ष लिगमा ३२० खेलहरूमा २१३ गोलहरूसहित उनलाई एलन शियररको प्रिमियर लिग स्कोरिङ रेकर्ड तोड्न थप ४८ गोल मात्र चाहिएको थियो । जर्मनीमा जाँदा त्यो सम्भावना समाप्त भएको छ ।
५८ अन्तर्राष्ट्रिय गोलका साथ इङ्ल्यान्डका सर्वाधिक गोलकर्ता बनेका केनले क्लब वा देशबाट कहिल्यै ठूलो ट्रफी जितेका छैनन्। बायर्न म्युनिखले गत सिजन आफ्नो ३३ औं बुन्डेसलिगा उपाधि जित्यो, त्यो पनि लगातार ११ औं पटक । टोलीले छ पटक च्याम्पियन्स लिग र २० पटक जर्मन कप जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण