शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल

शनिबार, २७ साउन २०८०, १९ : ०४
शनिबार, २७ साउन २०८०

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो । 

पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए । उनले मानिसहरू जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने बताए । उनले पुस्तकमार्फत जीवनमा भोगाइहरू साटेको उल्लेख गरे ।

उनले भने, ‘यो जिन्दगी कर्कलाको पातको पानी रहेछ, कहिले राम्रो देखिन्छ, कहिले झर्छ । मान्छेहरू बाँचुन्जेलसम्म राम्रो कर्म गर्नुपर्छ ।’  कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप