ओलीका दुई छोरीहरु बालकोट पुगेपछि...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दुई बालिकासँग रमाइरहेको तस्बिर सार्वजनिक गरे । त्यसमा ओलीले लेखे–शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्। आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन ।’
सो क्रममा घरमा रहेको आमासँग भिडियो कल गराएको ओलीले उल्लेख गरेका छन् । ‘उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्,’ ओलीको भनाइ छ ।
ओलीले अर्को महिनामा लुगा किन्न जाने कुरो भएको उल्लेख गर्दै उनीहरु खुशी भएको बताएका छन् । ओलीले उनीहरुको शिक्षाका लागि भिभावकत्व लिएका छन् । २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी जाँदा ओली र उनकी पत्नी राधिका शाक्यले ठिन्ले र छिरिङको अभिभावकत्व ग्रहण गरेका थिए ।
केहीसमय उनीहरु त्यही पढेपनि विद्यालय अनियमित भएपछि ओलीले राजधानी ल्याएर पढाउँदै आएका छन् । काठमाडौँको एक आवासीय विद्यालयमा उनीहरुलाई पठनपाठनको व्यवस्था मिलाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण