‘जय हो’को पर्खाइमा केकी

काठमाडौँ । फिल्ममा अभिनय होस् वा प्रचार, अभिनेत्री केकी अधिकारीको क्रियाशीलता राम्रो रहन्छ । त्यसैले पनि होला फिल्म धेरै असफल भएपनि उनलाई कामको खाँचो छैन । एकपछि अर्को फिल्म हात गरिरहेका छन् ।
अहिलेसम्मको फिल्मी करियरमा धेरै फिल्म अभिनय गरिसकेकी उनका पछिल्लो सफल फिल्ममा गतबर्ष रिलिज भएको ‘छ माया छपक्कै’ र ‘झिँगे दाउ’ पर्छ । यी फिल्मको सफलताले उनलाई केही फिल्म हात परे । ती मध्यको एक ‘जय हो’ हो ।
केही अगाडि रिलिज भएको ‘प्रसाद २’बाट राम्रो प्रतिक्रिया पाउने आस गरे पनि पाउन नसकेकी उनलाई ‘जय हो’ले भने सफलता दिलाउने विश्वास छ । त्यसैले पनि उनी अहिले यो फिल्मको प्रचार प्रसारमा निकै दौडधुप गरिरहेकी छन् ।
‘जय हो’ शोभित बस्नेतले बनाएका हुन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर केही अगाडि सार्वजनिक भएको थियो । ट्रेलर हेर्दा फिल्म केकीको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ । केकी पनि फिल्ममा आफ्नो अहिलेसम्मकै फरक भूमिका भएकोले सफल हुने आस गरेको बताउँछिन् ।
टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा केकी र सलोनको अलावा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन