‘जय हो’को पर्खाइमा केकी
काठमाडौँ । फिल्ममा अभिनय होस् वा प्रचार, अभिनेत्री केकी अधिकारीको क्रियाशीलता राम्रो रहन्छ । त्यसैले पनि होला फिल्म धेरै असफल भएपनि उनलाई कामको खाँचो छैन । एकपछि अर्को फिल्म हात गरिरहेका छन् ।
अहिलेसम्मको फिल्मी करियरमा धेरै फिल्म अभिनय गरिसकेकी उनका पछिल्लो सफल फिल्ममा गतबर्ष रिलिज भएको ‘छ माया छपक्कै’ र ‘झिँगे दाउ’ पर्छ । यी फिल्मको सफलताले उनलाई केही फिल्म हात परे । ती मध्यको एक ‘जय हो’ हो ।
केही अगाडि रिलिज भएको ‘प्रसाद २’बाट राम्रो प्रतिक्रिया पाउने आस गरे पनि पाउन नसकेकी उनलाई ‘जय हो’ले भने सफलता दिलाउने विश्वास छ । त्यसैले पनि उनी अहिले यो फिल्मको प्रचार प्रसारमा निकै दौडधुप गरिरहेकी छन् ।
‘जय हो’ शोभित बस्नेतले बनाएका हुन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर केही अगाडि सार्वजनिक भएको थियो । ट्रेलर हेर्दा फिल्म केकीको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ । केकी पनि फिल्ममा आफ्नो अहिलेसम्मकै फरक भूमिका भएकोले सफल हुने आस गरेको बताउँछिन् ।
टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा केकी र सलोनको अलावा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण