ओली भन्छन्– ३३ किलो सुनबारे सरकारले छानबिन गर्न सक्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको बताए । ‘हाम्रो सरकार बन्नुभन्दा अघि उताबाट सुन आउने र उता जाने भएको रहेछ’, ओलीले भने, ‘हामीले छानबिन समिति बनायौँ, त सुन भेटिएन । केही मानिस पक्राउ परेका छन् र उनीहरूमाथि कारबाही पनि भइरहेको छ ।’
‘उनीहरूमाथि छानबिन समिति बनाएर कानुनको कठघरमा ल्यायौ । सरकारलाई चित्त बुझेको छैन भने अझै त्यस विषयमा थप छानबिन गरोस्’, ओलीको भनाई छ । उनले नेकपा एमालेलाई सरकारमा जाने चिन्ता नभएको भन्दै चिन्ता देशको रहेको बताए । ‘अहिले देशको अवस्था कुन अवस्थामा छ ?’, ओलीको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण