सुनील शर्माबारे ओली : यस्ता कुरामा के देश छोडेर जाला ?
आइतबार, २८ साउन २०८०, १३ : ५९
१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका नाममा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माको बचाउमा उत्रेका छन् । आइतबार पार्टी कार्यालयमा एमालेले गरेको पत्रकार सम्मेलनमा उनले शर्माको बचाउ गर्दै के सुनील शर्मा देशै छोडेर जान लागेका थिए र ? भन्दै प्रश्न गरे ।
उनले शर्माबारे आफूले छानबिन हुनुपर्दैन नभनेको पनि बताए । ‘छानबिन नगर भनेको त होइन, तर अदालतले त तुरुन्छ छोडनु भन्यो त । समाउनै नहुने थियो’, ओलीको भनाइ छ । उनले एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हलाएर गिरफ्तार गरिएको पनि बताए ।
‘के सुनील शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ? अनि हतारहतार उसलाई गिरफ्तार गरेर उसलाई कारबाही गर्नुपर्ला ?’, ओलीको प्रश्न छ । शर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेर शुक्रबार छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण