फिल्म ‘जय हो’ ले काठमाडौँमा पोस्टर नटाँस्ने

काठमाडौँ । आगामी भाद्र ८ गते अर्थात अगस्ट २५ मा विदेश र नेपालमा एक साथ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’ ले काठमाडौँमा फिल्मको पोष्टर नटास्ने भएको छ । काठमाडौँ सुन्दर बनाउने अभियानमा साथ दिन फिल्मको फोष्टर नटास्ने निर्णय गरेको निर्माता शोभित बस्नेतले बताए । बस्नेतले आफ्नो मात्र नभएर कुनैपनि फिल्मका पोष्टर नटास्न अनुरोध समेत गर्ने भएका छन् ।
‘काठमाडौँ सफा राख्नु सबै नागरिकको दायित्व हो’ बस्नेतले भने । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी अधिकारी र सलोन बस्नेतका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।
फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन