पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन निम्ता दिएको छैन : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेताहरुले भेटेको विषयलाई लिएर एमालेभित्र समस्या ल्याउने प्रयास गरिरहेको बताएका छन् । साथै उनले पूर्वराष्ट्रपति भण्डारीलाई नेताहरुले भेट्दैमा सक्रिय राजनीतिमा आउन निम्ता गरेको भनेर बुझ्न नहुने बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारी पुनः एमालेको राजनीतिमा आउने चर्चा भइरहेकोप्रति संकेत गर्दै भने, ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो ।’ उनले भण्डारी एमालेकै उपाध्यक्ष भएको भन्दै थप भने, ‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ ।’
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न आग्रह समेत गरे । ‘पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न भन्ने खालको । प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ’, ओलीको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण