सुन तस्करीमा सरकारको नियतमाथि प्रश्न उठ्यो : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करी प्रकरणमा नेकपा माओवादी नेता कृष्ण बहादुर महराका बाबु छोराको संलग्नताबारे सप्रमाण तथ्य सार्वजनिक हुँदा समेत छानबिनको घेरामा नआउनुले प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि पनि प्रश्न उठ्नु स्वभाविक भएको बताएका छन् ।
पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भइरहँदा यो प्रश्नको निराकरण आवश्यक भएको बताए ।
अध्यक्ष थापाले पोखरा पृथ्विचौकस्थित पृथ्वीनारायण शाहको सालिक हटाउनु गलत भएको बताए । उनले सम्बन्धित निकायले समन्वय गरी पृथ्विचौकमा राष्ट्रनिर्माताको र उपयुक्त ठाउँमा सहिद लखन थापाको सालिक राख्ने व्यवस्था गर्नुपर्ने बताए ।
सो अवसरमा संगठनका अध्यक्ष हिक्मतजंग भण्डारीले ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को बर्दिया जिल्ला संयोजकमा महेश थारु र निर्माण श्रमिक अध्यक्षमा काशी चौधरी मनोनयन भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण