पोखरामा पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान सुरु
आइतबार, २८ साउन २०८०, १९ : ५०
काठमाडौँ । पोखरा महानगरपालिकाले पृथ्वीनारायण शाहको हटाएको शालिक पुनःस्थापना अभियान सुरु भएको छ ।
महानगरले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो ।
बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । फेरि शुक्रबार महानगरले हटाएको बताइएको छ ।
फेरि पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान सुरु गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'वर्षातको समेत परवाह नगरी पोखराको पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान प्रारम्भ भएको छ । यस अभियानमा समर्थन र ऐक्यबद्धता प्रकट गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण