मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

आइतबार, २८ साउन २०८०, २३ : १२
आइतबार, २८ साउन २०८०

काठमाडौँ  । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि आज घर फर्किएका छन् ।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी आइतबार साँझ अघि मन्त्री क्वार्टर पुल्चोक फर्किएका उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिए । अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप