‘इलामैको चिया बगान’ मा जंगसँग नग्माको रोमान्स
सोमबार, २९ साउन २०८०, ११ : ५१

काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् । सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् ।
भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण