‘इलामैको चिया बगान’ मा जंगसँग नग्माको रोमान्स
सोमबार, २९ साउन २०८०, ११ : ५१
काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् । सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् ।
भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण