आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

करारका शिक्षक कर्मचारीलाई स्थायी गराउने त्रिविको निर्णयप्रति अनेरास्ववियुको आपत्ति

सोमबार, २९ साउन २०८०, १४ : २०
सोमबार, २९ साउन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करारका शिक्षक कर्मचारीलाई स्थायी गराउने निर्णयप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । 

अध्यक्ष समिरराज विष्टले जारी गरेको विज्ञप्तिमा करार अवधिमा अध्यापन गराउँदै आएका प्राध्यापक तथा प्रशासनिक सेवा दिँदै आएका कर्मचारीलाई स्थायी गर्ने त्रिविको निर्णयमा गम्भीर ध्यानाकर्षण भएको जनाए । त्रिवि सेवा आयोगको खुला प्रतिस्पर्धामार्फत प्राध्यापक तथा कर्मचारी नियुक्ति हुनुपर्ने अनेरास्ववियुले जनाएको छ ।

दक्ष तथा सक्षम व्यक्ति छनोट गर्ने त्रिवि सेवा आयोगलाई लामो समयसम्म नेतृत्व विहीन बनाइ, प्रक्रिया मिचेर करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्वतः स्थायी गर्ने कुरा कुनै पनि हालतमा स्वीकार योग्य नहुने अध्यक्ष विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खराब तथा स्वार्थगत राजनीतिमा लिप्त रहँदै आफ्ना नजिकका व्यक्तिलाई स्थायी गराउने सम्भावना हुने हुँदा उक्त कार्य स्थगन गर्न माग गरे । त्रिवि सेवा आयोगको खुल्ला परीक्षामार्फत पदपूर्ति नगरेको खण्डमा अनेरास्ववियुले सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।   

त्रिभुवन विश्वविद्यालयमा कैयौँ सङ्ख्यामा प्राध्यापक तथा कर्मचारीको दरबन्दी रिक्त छ । त्रिवि सेवा आयोगका अध्यक्ष एक वर्षदेखि नियुक्त हुन सकेको छैन । राजनीतिक भागबन्डाका कारण सरकारबाट भएको ढिलासुस्तीले शैक्षिक क्षेत्रलाई धराशायी बनाउन वर्तमान गठबन्धन सरकार स्वयम् लागि परेको अनेरास्ववियुको ठहर छ । 

यथाशीघ्र त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गरी त्रिविमा रिक्त रहेका प्राध्यापक तथा कर्मचारीको खुल्ला प्रतिस्पर्धाबाट मात्रै पदपूर्ति गर्न अनेरास्ववियुको माग छ ।  अनेरास्ववियुको मागलाई नजर अन्दाज गरिए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी विज्ञप्ति मार्फत दिएको छ ।

aneraswobiu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप