एनआईसी एशिया लघुवित्तको खुद नाफा ३० करोड रुपैयाँ
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रैमास सम्ममा कूल लघुकर्जा रु. १८ अर्ब ४५ करोड ६६ लाख पुर्याएको जनाएको हो । प्रति शेयर आम्दानी रु.१७.२५ सहित यस आर्थिक वर्षमा रु.३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीको भनाई छ ।
यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पुँजीमा प्रतिफल वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पुर्याउन सफल भएको छ । त्यसै गरी वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ४.६४% मा सीमित राख्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण