सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घोडचढीको ६ दिने कोर्स सुरु

सोमबार, २९ साउन २०८०, १० : ००
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेपाल घोडचढी संघको आयोजनामा ६ दिने एफईआई सोलिडारिटी कोर्स सोमबार सुरु भएको छ । कोर्सको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे । घोडचढी संघले एसियाली घोडचढी महासंघ,अन्तर्राष्ट्रिय घोडचढी महासंघ,नेपाल आर्मी,नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा कोर्षको सञ्चालन गरेको हो ।

सुरुको दुई दिन ईन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश गरिएको छ । एफईआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले प्रशिक्षण दिनेछन् । त्यसपछि चार दिन एफईआई सोलिडारिटी इक्वेस्ट्रियन स्पोटर्स इभेन्ट फर अफिसियल एन्ड जम्पिङ डिजाइनिङको कोर्स हुनेछ । यो कोर्स प्रेड्यागका साथमा सिंगापुरका रक्षसन राडपौरले सञ्चालन गर्नेछन् ।

कोर्समा नेपाल आर्मीका आठ तथा  कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका दुई–दुईजना प्रशिक्षार्थी सहभागी छन् । कोर्षले नेपाली घोडचढी खेलको प्राविधिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप