शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमजीले ल्यायो एक्सचेन्ज अफर

सोमबार, २९ साउन २०८०, २१ : ०१
सोमबार, २९ साउन २०८०

काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औँ वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो । 

यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । श्रावण २६ देखि भाद्र २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगन्ज, विराटनगरस्थित डिलरहरूमा उपलब्ध हुनेछ ।

यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप