भैरव रिसाललाई घरमै पुगेर ओलीले दिए जन्मदिनको शुभकामना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ पत्रकार (९६ वर्षीय) भैरव रिसाललाई घरमै पुगेर जन्मदिनको शुभकामना दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुकपेजमा रिसाललाई भेटेको तस्बिर राख्दै उनको घरमै पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिलेको जनाएका छन् ।
‘त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन । समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो । भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो’, ओलीले भनेका छन्, ‘पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नुभयो । आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।’
साथै उनले भेटमा केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरेको स्मरण गरेका छन् । ‘उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो । उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण