‘खोटाङ प्रतिभा २०८०’ को विजेता बने आश्विन र कविता
काठमाडौँ । ‘खोटाङ प्रतिभा–२०८०’ को विजेता आश्विन राई र कविता श्रेष्ठ भएका छन् । राई गायन तर्फको विजेता बनेका हुन्, भने श्रेष्ठ नृत्य तर्फको विजेता भएकी छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके)को सह–आयोजनामा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा दुबैले उपधि जितेका हुन् ।
त्यस्तै प्रतियोगितामा गायनतर्फ प्रदीप राई दोस्रो, लक्ष्मण परियार तेस्रो बन्दा नृत्य तर्फ सुवास विश्वकर्मा दोस्रो र मनिता राई तेस्रो भए ।
खोटाङका लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई जनही नगद दुई लाख दुई हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै बिजेताले बेलायतको कार्यक्रममा सहभागसिको अवसर समेत प्राप्त गरे । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद एकलाख एक हजार र तेस्रो हुनले ५१ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकमा गायकतर्फ शम्भु राई, कुन्ति मोक्त्तान र सुरेश अधिकारी रहेका थिए भने नृत्यतर्फ कमल राई, महेश गदार र रोहिया मर्हजन रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण