शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’

बुधबार, ३१ साउन २०८०, ११ : ०९
बुधबार, ३१ साउन २०८०

काठमाडौंँ । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ नामबाट अर्काे शो आएको छ ।

कि इन्टरटेन्मेन्टले अधिकांश नयाँ कलाकार लिएर यो शो सुरु गरेको हो । यमन श्रेष्ठको सञ्चालन रहेको ‘शो’ को पहिलो भाग अभिनेता राजेश हमाल अतिथीको रुपमा सहभागी छन् । मंगलबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक भएको शोमा अध्यक्ष भने हाँस्यकलाकार राजाराम पौडेल   बनेका छन् । 

यस अगाडि विशाल भण्डारीले निर्माण गरेको शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ भन्दा यो शो कमजोर भएको प्रतिक्रिया दर्शकले दिएका छन् । कतिपयले शो पहिले देखिदैै आएका सुमन कार्की, कलास कार्की लगायत कलाकारलाई पुन ल्याउनुपर्ने माग गरेका छन् । 

शोमा रोशन सुवेदी, अजय रेग्मी, दोरेश खतिवडा, सुचित्रा उप्रेती, अर्पण तामाङ लगायका कलाकारको अभिनय छ । संगीत सापकोटाको लेखन रहेको शोका निर्देशक ज्ञानेन्द्रराज मिश्र हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप