संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ । संसदको जारी अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । तर, सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालिसकेको छ।
यस्तै बैठकमा सर्वोच्चले बालुवाटारको ललिता निवास गग्गा प्रकरणका सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण