ओलीले भने–उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो
काठमाडौँ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्ने काम गरेको बताएका छन् ।
नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक कार्यक्रम’मा अध्यक्ष ओलीले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता सयबाट ६१ किलोमा झार्नु रहेको बताएका हुन् ।
उनले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताए । सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी गरिरहेको बताए ।
अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजी हुन नसकेको बताए । उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताए । उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताए । उनले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभई उद्योगीको सहयोगी हुनुपर्ने बताए ।
उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए । उनले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए । उनले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण