एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।
एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिएको हो ।
सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ ।
भेटका अवसरमा सङ्घका अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।
सोही अवसरमा सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनले हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी दिए ।
अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे । यसैबीच सङ्घको विश्व सम्मेलन नजिकिएसँगै एनआरएनएह?को काठमाडौँमा चहलपहल बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण