सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको लापसे चेकिङ :  ३ जना चालक नियन्त्रणमा

शुक्रबार, ०१ भदौ २०८०, २० : १७
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । काठमाडौँको किर्तिपुरस्थित चोभारमा शुक्रबार गरिएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका  ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीले  ना१ज १८७१ नम्बरका सुमो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ पदमपोखरीका २६ वर्षीय विनोद पुलामी मगर, ना१ज ३६२५ नम्बरको सुमो चालक स्याङ्जाको भिरकोट नगरपालिका ८ का २५ वर्षीय प्रितम गुरुङ र प्रदेश ३(०२(००२प ६९२० नम्बरका मोटरसाइकल चालक ललितपुरको मंगलबजारका ३७ वर्षीय सुमन नकर्मीलाई नियन्त्रणमा लिएको हो ।   

नियन्त्रणमा लिएका ‍ तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त किर्तिपुरमा पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त किर्तिपुरको  संयुक्त टोलीले शुक्रबार २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए । 

चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप