संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैन : सचेतक बर्तौला
लुम्बिनी । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् । उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए ।
प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्य मान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो । “संसद् अवरोध खुलाउन सरकार नै जिम्मेवार हुनुपर्छ”, उनले भने ।
“आर्थिक अनियमितताका सबै फाइल खोलेर निष्पक्ष छानबिन गर्न एमालेको सरकारसित माग छ”, सचेतक बर्तौलाले भने । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण