सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
आइतबार, ०३ भदौ २०८०, १० : ४८
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आजपनि मूल्य घटेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।
महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण