आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक भदौ ९ गते सिराहामा बस्ने

आइतबार, ०३ भदौ २०८०, १२ : ५३
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिराहामा बस्ने भएको छ ।  आगामी भदौ ९ गतेको बैठक सिराहाको धनगडीमाई नगरपालिका (तत्कालिन विष्णुपरकट्टी गाउँपालिका) मा बस्ने तय भएको एमाले केन्द्रीय सचिव समेत रहेका नेता योगेश भट्टराईले जानकारी दिए । 

पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु  विष्णुपुर कट्टी पुगेका थिए । 

सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।  उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप