एमाले सचिवालय बैठक भदौ ९ गते सिराहामा बस्ने
आइतबार, ०३ भदौ २०८०, १२ : ५३
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिराहामा बस्ने भएको छ । आगामी भदौ ९ गतेको बैठक सिराहाको धनगडीमाई नगरपालिका (तत्कालिन विष्णुपरकट्टी गाउँपालिका) मा बस्ने तय भएको एमाले केन्द्रीय सचिव समेत रहेका नेता योगेश भट्टराईले जानकारी दिए ।
पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु विष्णुपुर कट्टी पुगेका थिए ।
सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण