सभामुख–प्रमुख सचेतकको बैठकमा जुटेन सहमति
काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुबीचको छलफलमा सत्तापक्ष प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेन ।
सदनको अवरोध खुलाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सिंहदरवारमा आइतबार बिहान छलफल गरेका थिए । तर उक्त छलफलमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पूर्ववत् अडान नछोडेपछि सहमति जुट्न नसकेको हो । बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँगको छलफलमा कुनै प्रगति नभएको प्रतिक्रिया दिए ।
‘दलहरूका अडान उही छन् । अब प्रधानमन्त्रीसँगको छलफलमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ’, परियारको भनाइ छ । सभामुखसँगको छलफल सकारात्मक नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमै सर्वदलीय बैठक बोलाएर छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण