बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
संसदमा अवरोध

सभामुख–प्रमुख सचेतकको बैठकमा जुटेन सहमति

आइतबार, ०३ भदौ २०८०, १३ : ०५
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुबीचको छलफलमा सत्तापक्ष प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेन । 

सदनको अवरोध खुलाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सिंहदरवारमा आइतबार बिहान छलफल गरेका थिए । तर उक्त छलफलमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पूर्ववत् अडान नछोडेपछि सहमति जुट्न नसकेको हो । बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँगको छलफलमा कुनै प्रगति नभएको प्रतिक्रिया दिए ।  

‘दलहरूका अडान उही छन् । अब प्रधानमन्त्रीसँगको छलफलमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ’, परियारको भनाइ छ । सभामुखसँगको छलफल सकारात्मक नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमै सर्वदलीय बैठक बोलाएर छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप