संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले थाले अवरोध हटाउन पहल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नु पूर्व सभामुख देवराज घिमिरेले विभिन्न पार्टीका प्रमुख सचेतकसँग छलफल गरेर संसद्को अवरोध हटाउन पहल थालेका छन् । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक पूर्व दलका प्रमुख सचेतकसँग घिमिरेले छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा उपसभामुख इन्दिरा राना, कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका प्रमुख सचेतक तथा सचेतकहरू छलफलमा सहभागी छन् ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको सुन प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । यता सरकारले भने राज्यको संयन्त्रले नै अनुसन्धान गरिरहेकोले अर्को छुट्टै छानबिन समिति नचाहिने बताउँदै आएको छ । एमालेका कारण गत साउन महिनाभर प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालनमा अवरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण