अभिनेत्री खुस्बुले सुरु गरिन् ‘प्ले ब्वाई लाउन्ज एन्ड क्लब’
काठमाडौँ । अभिनेत्री खुस्बु खड्काले ‘प्ले ब्वाई लाउन्ज एन्ड क्लब’ सुरु गरेकी छन् । ठमेलस्थित छाँया कम्प्लेक्समा रहेको यो क्लब उनले साथीहरूसँग मिलेर नयाँ संरचना सहित सुरु गरेकी हुन् ।
साङ्गीतिक माहौल र आकर्षक परिकारसहित नयाँ स्वरूपमा सुरु भएको क्लबमा भदौ महिनाभर प्रवेश निःशुल्क गरिएको छ । ‘हामीले क्लबलाई नयाँ स्वरूप दिएका छौँ । यहाँ आउनेले अन्यभन्दा फरक महसुस गर्नुहुनेछ ।’ भदौ महिनामा प्रवेश निःशुल्क मात्र नभई विभिन्न अफरहरू रहेको खड्काले बताइन् ।
‘युवा पुस्तालाई लक्षित गर्दै यसको नयाँ आकर्षक डिजाइन गरिएको छ’, खड्काले भनिन्– ‘प्ले ब्वाईमा सङ्गीतको नयाँ भेराइटीहरु पनि समयअनुसार परिवर्तन हुँदै जानेछ ।’
‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योती’, ‘जुनी’, ‘सिवानी’, ‘रातो टिका निधारमा’ लगायत दर्जनौँ फिल्म तथा थुप्रै म्युजिक भिडियो, विज्ञापन अभिनय गरेकी अभिनेत्री खड्का कलाकारिता र व्यवसाय सँगसँगै अगाडि लैजाने बताउँछिन् । खड्काले लकडाउनकाे समयमा मास्क व्यवसाय समेत गरेकी थिइन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण