प्रदेशसभा बैठकमा आउन नसक्ने भन्दै बिदा बसेका एमाले सांसद एनजिओको कार्यक्रममा भेटिए
विराटनगर । घरायसी कामले प्रदेशसभा बैठकमा आउन नसक्ने भन्दै बिदा लिएका नेकपा एमालेका सांसद खडगबहादुर बस्नेत एनजिओको कार्यक्रममा ब्यस्त रहेकाे भेटिएका छन् । सोमबार विराटनगरको होटल स्वागतममा आयोजित एक कार्यक्रममा उनी पूरा अवधि आफूहरु सँगै सहभागी भएको नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष लिलाबल्लभ घिमिरेले जानकारी दिए।
नागरिक शिक्षा र मानवअधिकार विषयक कोक्यापले आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा उनी पूरा अवधि बसेका थिए। ‘हामी कार्यक्रममा सगै सहभागी भयौ’, अध्यक्ष घिमिरेले भने, ‘उहाँ कार्यक्रमको पूरा अवधि बस्नुभयो।’ मोरङ क्षेत्र नम्बर १ को २ बाट निर्वाचित उनीसहित एमालेका सातजना ज्येष्ठ सदस्य र राप्रपाका सबै सांसद अनुपस्थित हुने जानकारी गराएका थिए।
उनीहरू सबैले घरायसी समस्या भएको भन्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । यसरी घरायसी समस्या भन्दै बिदा मागेका सांसद एन्जिओको कार्यक्रममा भेटिएका हुन्। उपसभामुख सृजना दनुवार पनि आफैंले डाकेको बैठक छाडेर काठमाडौँ गएपछि आज दिउँसो १ बजेलाई डाकिएको प्रदेशसभा बैठक अहिलेसम्म अन्योलमै छ। अहिले कार्य वयवस्था समिति बैठक फेरि बस्ने तयारी भैरहेको कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण