बैठकअघि ओलीलाई प्रचण्डको फोन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका छन् । सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधेका हुन् ।
दुई नेताबीच टेलिफोनमा कुराकानी भएको एमाले उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले पुष्टि गरे । त्यस क्रममा प्रचण्डले आजै बेलुका चार बजेलाई आफूले बोलाएको दलहरूको बैठकमा सहभागी हुन सक्ने नसक्नेबारे समेत जिज्ञासा राखेका थिए । त्यस क्रममा ओलीले हिजोको तुलनामा आज केही सन्चो भएकाले आजको बैठकमा आफू सहभागी हुने जनाउ दिएका थिए ।
‘प्रधानमन्त्रीले फोन गर्नुभएछ । स्वास्थ्य अवस्थाबारे सोधखोज पनि भएछ’, नेम्वाङले रातोपाटीसँग भने, ‘बैठकको कुरा हुँदा अध्यक्षज्यूले हिजोभन्दा आज अलि सन्चो भएको र बैठकमा आफू सहभागी हुने जवाफ दिनुभए छ ।’
आइतबारको बैठकमा ओली अनुपस्थित भएका थिए । संसद्को अवरोध हटाउन सहमति खोज्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई छलफलका लागि बोलाएका हुन् । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै साउन १० यता सदन अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण