पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भने– ‘उपसभामुखको भूमिका शंकास्पद देखियो’
विराटनगर । कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्वाचित उपसभामुख सिर्जना दनुवारले शंकास्पद र विवादास्पद भूमिका खेलेको आशङ्का गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छलफलमा बोल्दै राईले उपसभामुखले शङ्कास्पद भूमिका खेलेको बताएका हुन् । मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश्वासको मतको लागि समय तोक्ने काम उपसभामुखले पहिलोपटक गर्नु सामान्य नभएको बताउँदै उनले संसारको कुनै पनि संसदीय अभ्यासमा नभएको कुरा गर्नुमा के उद्देश्य थियो भन्ने प्रश्न गरे ।
उपसभामुखले सभाध्यक्ष गर्न नसकेको अवस्थामा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपर्नेमा कार्यालय समय समय सकिँदा पनि अघिल्लो दिन ९ जनाले बिदाको चिठी लेखेको उनले बताए । यो बिदाको नाटक मञ्चन गरेर मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन असुविधा बनाउने मनसाय रहेको बताए ।
सरकार बनाउने कुरा बलजफती र जालसाजी नभएको बताउँदै उनले यो सांसदको सङ्ख्याले निर्धारण गर्ने कुरा भएको उनले बताए । आज पनि उद्धव थापाको पक्षमा ४७ सांसद रहेको दाबी गर्दै उनले यो प्रदेशको सरकार बन्ने बताए । यसलाई जालसाजी गरेर वा मुद्दा मामिला गरेर हुने कुरै नभएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा एकता कायम गर्न देउवा समूहले राखेका प्रस्तावबारे बोलेनन् उपसभापति शर्मा
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण