देउडा नेपालभर प्रसिद्ध छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको कलासँस्कृति र देउडा सुदूरपश्चिममा मात्र नभएर नेपालभर प्रसिद्ध रहेको बताएका छन् । सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘सुदूरपश्चिमको संस्कृति र देउडा आज सुदूरपश्चिममा मात्रै होइन नेपालभर प्रसिद्ध छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जहाँजहाँ पुगेको छ त्यहाँ लोकप्रिय छ तर चिन्न जान्नुपर्छ ।’ उनले स्रष्टाहरुले संस्कृतिलाई उजागर गरेकोमा बधाई दिँदै सुदूरबाट नयाँ कलाकारहरु जाग्दै गरेको बताए ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुुर चन्द, पूर्व मन्त्रीहरु भीम रावल, लेखराज भट्ट, परराष्ट्रमन्त्री एनपी साउदलगायत सहभागी कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण