एमाले मुख्यालयबाट ओलीको प्रश्न : सुन खाने तस्करहरुलाई डेमोक्रेसीको मतलब छ, एमालेलाई छैन ?
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन् ।
एमाले मुख्यालयमा सोमबार छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाएपछि सम्बोधन गर्दै ओलीले सुन तस्करी सरकारले नगराएको भए कसले गरायो भन्दै प्रश्न गरेका हुन् ।
‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ । तपाईँको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ । के त्यसमा किलोकिलो सुन हालेको हुन्छ ? अनि एउटा आइटममा क्वीटल सुन आउँदा सजिलै पास हुन्छ, के–हो त्यो ?’, ओलीको भनाइ छ ।
उनले सरकारका पालामै तीन हजारभन्दी बढी केजी सुन तस्करी भएको पनि बताए ।
‘त्यसका पछि को–छ ? यहाँ सत्ता संरक्षित अन्तर्राष्ट्रिय गिरोह छ,’ ओलीले भने, ‘ त्यही भएर हामीले निष्पक्ष छानबिन गर्न आयोग बनाऔँ भनेको हो । त्यही कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन ।’
ओलीले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको भन्दै प्रश्न गरे । ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ ? हामीलाई छैन ? यस्तो पनि हुन्छ ।’ ओलीले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिरहेका छन् । हामी देशलाई समृद्धिको दिशा अघि बढाउन खोजिरहेका छौँ ।’
ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए । ‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्वीन्टल सुन हुने रहेछ । विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि ? ब्रेक सु भनेर पनि ल्याएकै छ । सिक्रेट भनेको छ त्यसमा पनि ल्याएको छ,’ ओलीको भनाइ छ ।
अहिले नेकपा (एमाले)ले संसद् चल्न दिएन भनेर हल्ला चलाउने काम समेत माओवादीले गरेको भन्दै ओलीले असन्तुष्टि जनाए । ‘हामीले त यो तस्करी रोक्नु पर्यो भनेको हो । विमानस्थलबाट त सियो पनि छिर्न सक्दैन । त्यस्तो ठाउँबाट क्वीन्टलका क्वीन्टल सुन कसरी छिरेर आउँछ ? १ सय केजी सुन समातियो भनेको तपाईँ हामी सबैले सन्यौँ नि,’ उनले भने, ‘अहिले त ६० केजीमा झरिसक्यो । २ सय डिग्री सेल्सियसमा पग्लिने सुन के त्यसै पग्लिएर सकियो त ? देश लुट्ने काम भइरहेको छ ।’
ओलीले तस्करीमा कुरा नमिलेपछि बेलाबखत वर्तमान सरकारले सुन समात्ने गरेको पनि बताए । ‘कहिलेकहिले केही नमिल्दा टक्रक्क समातिएको सुनको परिणाम त त्यत्रो छ भने कति सुन तस्करी भइरहेको होला ?,’ उनले भने, ‘हामीले यस्तो अवस्थामा तस्करी रोकौँ, भ्रष्टाचार रोकौँ छानबिन समिति बनाऔँ भन्दा सरकार छानबिन समिति बनाउन तयार छैन ।’
संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै नदिएको पनि बताए । ‘भ्रष्टाचारी, सुनतस्करीका बारेमा बोल्नै दिँदैन । साढे ९ केजी सुन गायब भएको बारेमा बोल्नै दिँदैन । क्वीन्टल सुन ६१ किलोमा कसरी झर्यो त्यो भन्दै दिँदैन,’ ओलीले भने, ‘यस्तो संसद् सायद दुनियाँ कतै छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण